PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

टोकियो ओलम्पिकमा भारतको उपलब्धिलाई राम मन्दिरसँग जोडे भारतीय प्रधानमन्त्री मोदीले



पहिलोपोस्ट

टोकियो ओलम्पिकमा भारतको उपलब्धिलाई राम मन्दिरसँग जोडे भारतीय प्रधानमन्त्री मोदीले

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टोकियो ओलम्पिकमा भारतीय हक्की टिमको उपलब्धिलाई अनुच्छेद ३७० र राम मन्दिरसँग जोडेका छन्। उनले ५ अगस्टलाई कडी बनाउँदै यी फरक प्रसंगलाई उपलब्धिसँग जोडेका हुन्।

अंग्रेजी अखबार द ट्रिब्युनका अनसार मोदीले एउटा भर्चुअल कार्यक्रममा भारतको 'विजयी सुरुवात'को रुपमा यी प्रसंग जोडेका हुन्।

'यस्तो लाग्छ कि भारतको जितको सुरुवात भइसकेको छ। यसमा ५ अगस्टको मिति विशेष महत्वपूर्ण बनेको छ,' मोदीले भने, 'त्यो पाँच अगस्ट नै हो जब दुई वर्ष अघि 'एक भारत श्रेष्ठ भारत' को सपना अझ सशक्त बनाइएको थियो। करिव ७ दशकपछि अनुच्छेद ३७० हटाएर जम्मु कश्मीरका हरेक नागरिकहरुको हरेक अधिकार र सुविधाहरु सुनिश्चित बनाइएको थियो।'

त्यस्तै उनले अगाडि भने: यो ५ अगस्ट नै थियो जब 'कोटीकोटी' भारतीयहरुले सयौ साल पछि भव्य राम मन्दिर बनाउनका लागि पहिलो कदम उठाएका थिए।

यसमा ओलम्पिकलाई जोड्दै मोदीले भने : ५ अगस्ट फेरि उमंग र उत्साह लिएर आएको छ। आज ओलम्पिकको मैदानमा देशका युवाहरुले आफ्नो गौरव फेरि स्थापित गर्नेतर्फ छलाङ लगाएका छन्।

भारतीय पुरुष हक्की टीमले सो दिन जारी ओलम्पिकमा काश्य पदक जित्न सफल भएको थियो। भारतीय हक्की टीमले ओलम्पिकमा ४१ वर्षपछि पदक दिलाउँदा मोदीले फोन गरेर टिमका कप्तान मनप्रित सिंहलाई फोन गरेर बधाइ दिएका थिए।

भारतले टोकियो ओलम्पिकमा २ रजत र तीन काश्यसहित पाँच पदक जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell