PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

सत्ता साझेदार गठबन्धनको प्राथमिकता : कोभिड-१९ संकट व्यवस्थापन देखि संविधान संशोधन सम्म



पहिलोपोस्ट

सत्ता साझेदार गठबन्धनको प्राथमिकता : कोभिड-१९ संकट व्यवस्थापन देखि संविधान संशोधन सम्म

काठमाडौं :  सत्तारुढ गठबन्धनले सरकारका प्राथमिकता र कार्यक्रमहरु तयार पारेको छ। गठबन्धनले गठन गरेको कार्यदलले आज शुक्रवार कार्यदलको प्रतिवेदन प्रधानमन्त्री शेरवहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई प्रतिवेदन बुझाइएको हो।

प्रतिवेदनमा सरकारका नीति तथा कार्यक्रमहरुलाई कार्यान्वयनका लागि वर्तमान सरकारले राष्ट्रिय सहमतिको पहल गर्ने उल्लेख छ। कार्यदलले कोभिड-१९ को कारण उत्पन्न संकटको व्यवस्थापन देखि संविधान संशोधन सम्मका कार्यक्रमलाई प्रतिवेदनमा समावेश गरेको छ।

संयुक्त सरकारका ११ वटा प्राथमिकता र १० वटा नीति तथा कार्यक्रमलाई समावेश गर्दै कार्यदलले प्रतिवेदनमा तयार गरेको छ।

संयुक्त सरकारको मुख्य प्राथमिकता कोविड-१९ को महामारीबाट उत्पन्न मानवीय सङ्कटको समाधान गर्ने रहेको प्रतिवेदनमा उल्लेख छ।

यी हुन प्राथमिकताहरु

१. संयुक्त सरकारको मुख्य प्राथमिकता कोभिड-१९ को महामारीबाट उत्पन्न मानवीय संकटको समाधान गर्ने।

२. संविधानको सर्वोच्चता, कानुनी राज र सुशासनको प्रत्याभूति दिने।

३. शान्ति प्रकृयालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षहरूसँग भएका सहमतिहरूको कार्यान्वयन गर्ने।

४. राजनीतिक दलहरूबिच सहमतीमा संविधान संशोधनका लागि पहल गर्ने।

५. सङ्घीयता कार्यान्वयन, प्रदेश र स्थानीय तहका सरकारहरूको सवलीकरण तथा आवश्यक र विचाराधीन विधेयकहरू संसदमा प्रस्तुत गर्ने।

६. सामाजिक-आर्थिक रूपान्तरणको आधार निर्माण गर्दै उच्च आर्थिक विकासमा जोड दिने।

७. उत्पादनमुखी अर्थतन्त्रमा जोड, आपुर्ति व्यवस्थामा सुधार, महङ्गी नियन्त्रण र भ्रष्टाचारको छानबीन र कारवाहीका लागि अग्रसरता लिने।

८. कोभिडका कारण सङ्कटग्रस्त उद्योगधन्दा, पर्यटन व्यवसाय, सञ्चार, यातायात, पार्टी प्यालेस, सिनेमा तथा मनोरञ्जन उद्योगलगायतका क्षेत्रहरू तथा श्रमजीवी, विपन्न, बेराजगार आदिको उत्थानका लागि विशेष आर्थिक प्याकेजको व्यवस्था गर्ने।

९. बाढी, पहिरो तथा डुवानमा परेका जनताको उद्धार, राहत तथा पुननिर्माणमा जोड दिने।

१०. जनताको समृद्धिका लागि राष्ट्रिय हीतमा आधारित परराष्ट्र नीति अवलम्बन गर्ने।

११. आपसी संवाद, सहमति र सहकार्यको संस्कृतिको विकास गर्दै राष्ट्रिय एकता सुदृढ गर्ने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell