PahiloPost

Jul 3, 2024 | २० असार २०८१

संयुक्त सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध : परराष्ट्र नीतिमा राष्ट्रिय सहमति



पहिलोपोस्ट

संयुक्त सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध : परराष्ट्र नीतिमा राष्ट्रिय सहमति

काठमाडौं : सत्तारुढ गठबन्धनले सरकारका प्राथमिकता र कार्यक्रमहरु तयार पारेको छ। गठबन्धनले गठन गरेको कार्यदलले आज शुक्रवार प्रधानमन्त्री शेरवहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई प्रतिवेदन बुझाइएको हो।

प्रतिवेदनमा समावेश गरिएको नीति तथा कार्यक्रममा परराष्ट्र नीतिमा राष्ट्रिय सहमति कायम गर्ने उल्लेख छ।

अन्तराष्ट्रिय सम्बन्धमा सरकारको नीति:

१. देशको राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितलाई विश्व समुदायका बिचमा स्थापित गर्न, भूपरिवेष्ठित देशको अधिकार, ठूला र साना देशहरूबिच पूर्ण समानाधिकार तथा एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको पक्षपोषण गर्ने।

२. छिमेकी मुलुकहरूसँगको सामाजिक आर्थिक सम्बन्धलाई विशेष महत्त्व दिनुका साथै विश्वका सबै मुलुकहरूसँग मैत्रीपूर्ण सम्बन्धलाई जोड दिने।

३. शान्ति, स्थिरता, आर्थिक रूपान्तरण र जनताको समृद्धिको दिशामा अगाडि बढ्न सबै मित्रराष्ट्रहरूसँग द्विपक्षीय र बहुपक्षीय सम्बन्ध विस्तार गर्ने।

४. संयुक्त राष्ट्रसङ्घको वडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्त एवम् राष्ट्रिय हितका आधारमा परराष्ट्र नीति सञ्चालन गर्ने।

५. परराष्ट्र नीतिमा राष्ट्रिय सहमति कायम गर्ने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell