PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

घूस फिर्ता गर्ने ट्राफिक प्रहरी सम्मानित, वर्ष दिनमा सडकमा ९० हजार घूस, १६५ चालकलाई कारबाही



पहिलोपोस्ट

घूस फिर्ता गर्ने ट्राफिक प्रहरी सम्मानित, वर्ष दिनमा सडकमा ९० हजार घूस, १६५ चालकलाई कारबाही

काठमाडौंः सडकमा ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा नपरी इमानदारीपूर्वक ड्युटी गर्ने प्रहरी निरीक्षकसहित ३६ जना ट्राफिक प्रहरी पुरस्कृत तथा सम्मानित भएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार काठमाडौंस्थित कार्यालयमा कार्यक्रम आयोजना गर्दै पुरस्कृत एव सम्मान गरेको हो। सम्मानित हुनेहरुमध्ये ९ जनालाई नगदसहित वृत्तिविकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइएको छ भने अन्यलाई खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरिएको महाशाखाले जनाएको छ।

सम्मानित हुनेहरुलाई महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले खादा ओढाएर प्रशंसापत्र प्रदान गरे। घूस दिन खोज्ने ४९ जना चालकहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउनेलाई पुरस्कृत एवं सम्मान गरेको प्रमुख भट्टराईले बताए।

गत आर्थिक वर्ष २०७७/७८ मा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई घूस दिएर फिर्ता गरेको रकम ९० हजार १५५ रुपैयाँ छ। उनीहरुले घूस दिनेलाई पक्राउ गर्नुका साथै उक्त रकम कार्यालयमा बुझाएका थिए। यसरी आर्थिक प्रलोभनमा पार्न खोज्ने १६५ जना सवारी चालकहरुलाई पक्राउ गरी कारबाही गरिएको प्रहरीले जनाएको छ।

बिभिन्न ठाउँमा घूस दिनेलाई नियन्त्रणमा लिएर कानूनी दायरामा ल्याउने ९३ जना प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एव प्रशंसापत्रद्वारा सम्मान गरिएको जनाएको छ।

सवारी चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न र उल्लंघन पश्चात हुने कारबाहीबाट बच्न ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्ने प्रयास नगर्न महाशाखाले आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell