PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

नेपालले भारतसँग भदौमा मैत्रीपूर्ण फुटबल खेल्ने



पहिलोपोस्ट

नेपालले भारतसँग भदौमा मैत्रीपूर्ण फुटबल खेल्ने
फाइल फोटो

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले भारतीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आगामी भदौ १७ र २० गते दुई मैत्रीपूर्ण खेलहरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

नेपाल र भारत हालसम्म १९ पटक आमनेसामने भएका छन्। जसमा भारतले १३ खेल जित्दा नेपालले २ खेल जितेको छ। पछिल्लो पटक नेपालले सन् २०१३ मा भारतलाई हराएको थियो।

दुबै टोली साफ च्याम्पियनसिप र एसियन कप क्वालिफायर्सको अन्तिम चरणका लागि तयारीमा छन्।

पछिल्लो पटक सन् २०१५ मा नेपालले भारतसँगको खेल आयोजना गरेको थियो। दशरथ रंगशालामा सम्पन्न उक्त खेल गोलरहित बराबरीमा रोकिएको थियो।

फिफा वरीयतामा नेपाल १७१ औै स्थानमा छ भने भारत १०५ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell