PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

ओलीले जति गाली गरे पनि एकताको पक्षमा छु : माधव नेपाल, '१० बुँदे सहमतिका आधारमा एकता'



प्रकाश भण्डारी

ओलीले जति गाली गरे पनि एकताको पक्षमा छु : माधव नेपाल, '१० बुँदे सहमतिका आधारमा एकता'

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टि अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफूहरु एकताको पक्षमा रहेको बताएका छन्।

आफू पक्षका केन्द्रीय कमिटी सदस्यहरुको बैठक सम्पन्न भएपछि प्रतिक्रिय दिँदै नेपालले आफू एमाले एकताकै पक्षमा रहेको बताएका हुन्।

ओलीले आफ्नो सम्बोधनका क्रममा नेपाललाई 'गद्धार', 'दक्षिणपन्थी मतियार' को संज्ञा दिँदै अब एमालेमा उनको लागि ठाउँ नभएको बताएका थिए।

आज सम्पन्न केन्द्रीय कमिटीको बैठकले चारवटा निर्णयहरु गरेको नेताहरुले बताएका छन्।

बैठकले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना फैसलाको स्वागत गरेको छ।

यस्तै, एकताका लागि १० बुँदे सहमति भइसकेको अवस्थामा लान्छना लाउने काम गरेकोमा ध्यानाकर्षण गराउने र  सदस्यता नवीकरण लगायतका संगठनात्माक काम रोक्नुपर्ने निर्णय गरेको छ।

बैठकले १० बुँदे सहमतिका आधारमा एकतामा जोड दिने निर्णय समेत गरेको छ।

केन्द्रीय कमिटीका सदस्याहरुले ओली मुक्त एमाले बनाउनुपर्नेमा जोड दिएका थिए। आफूहरु एकताकै पक्षमा रहेपनि ओलीले नेतृत्व छाड्नुपर्ने अधिकांश केन्द्रीय कमिटी सदस्यहरुको मत थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell