PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

जीवन रहे पढाइ र परीक्षाको अवसर आउँछ : विनोद चौधरी



जीवन रहे पढाइ र परीक्षाको अवसर आउँछ : विनोद चौधरी

काठमाडौं : उद्योगी एवम् सांसद् विनोद चोधरीले कोरोना संक्रमण बढ्दै गइरहेको अवस्थामा भौतिक उपस्थितिमा संचालन भइरहेको परीक्षा बारे पुनर्विचार गर्न आग्रह गरेका छन्।

विद्यार्थीहरुको विरोधबिच हाल भौतिक उपस्थितिमा नै स्नातकोत्तर र स्नातकको परीक्षा भइरहेको छ। तर, स्वास्थ्य मन्त्रालयले नै कोरोना संक्रमण बढेको भन्दै भिडभाड नगर्न आग्रह गरेको परिस्थितिमा भिड गरेर विद्यार्थीहरु परीक्षा दिन बाध्य भएका छन्। केही परीक्षा केन्द्र बाहेक अधिकांश केन्द्रमा स्वास्थ्य मापदण्ड पालना भएको छैन।

सम्बन्धित समाचार : एउटै कोठामा ५० परीक्षार्थी : 'विद्यार्थीको देश खै?' भन्दै पाटन क्याम्पसमा प्रदर्शन

आज पाटन क्याम्पसमा विद्यार्थीहरुले एउटा कोठामा ५० जना परीक्षार्थी राखेको र स्वास्थ्य मापदण्ड पालना भएको भन्दै विरोध जनाएका थिए।

यसबिच चौधरीले स्वास्थ्यभन्‍दा अहिले ठूलो केही नभएको भन्दै जोखिम बढेकोले सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन्। उनले जीवन रहे पढाइ र परीक्षाको अवसर आउने भन्दै जोखिम लिनु बुद्धिमानी नहुने बताएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell