PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

पाटनमा निस्कियो ‘यल ल्याकु मिप्वा: लाखे’

पाटनमा निस्कियो ‘यल ल्याकु मिप्वा: लाखे’

समर्थ रञ्जित/पहिलोपोस्ट


ललितपुर : गथांमुग: सँगै नेवार समुदायमा चाडपर्व सुरु हुन्छ। आजकै दिनबाट नेवार समुदायको बाहुल्य रहेको क्षेत्रमा लाखेहरु निस्किन्छन्। राक्षसी स्वरुप भए तापनि लाखेलाई नेवारहरुले देवताकै रुपमा पुज्दै आएका छन्। राक्षसी प्रवृत्तिमाथि सत्यको जीतका रुपमा रहेका यी सबै लाखेका छुट्टाछुट्टे महत्व रहेको छ।

यसैबीच, गथांमुग: को दिनदेखि पाटनमा यल ल्याकु मिप्वा: लाखे नाच सुरु भएको छ। अन्य स्थानमा निस्कने लाखे नाचभन्दा यो नाच फरक रहेको छ। पाँच दिनसम्म सञ्चालन हुने यो नाचमा मसाल जलाएर लाखेले आगो फुक्ने गर्छ। यो नाचमा लाखेसँगै तीनपकुचा पनि रहन्छ। पाटनको सौग: बाट सुरु हुने यो नाच पाँच दिनसम्म विभिन्न स्थानमा प्रदर्शन गरिन्छ।

कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै लाखे नाचमा सहभागीहरुले मास्क, पंजा र भाइजरको प्रयोग गरेका थिए। पहिला झै धेरै भिड नगरी सीमित तरिकाले लाखे नाच प्रदर्शन गरिने जनाइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell