PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

खसीको भन्दै बाख्रीको मासु बेच्ने चार जना कलंकीबाट समातिए



पहिलोपोस्ट

खसीको भन्दै बाख्रीको मासु बेच्ने चार जना कलंकीबाट समातिए

काठमाडौंः खसीको मासु भन्दै बाख्रीको मासु बेचेको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले विशेष सूचनाको आधारमा कलंकी स्थित खसी बजार गएर अनुसन्धान गर्दा खसीको मासु भन्दै बाख्रीको बचेको अभियोगमा चार जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा भारत विहार बाहराइज घर भएका ६७ वर्षीय गुलाम रसोल क्रोसिल, २५ वर्षीय जविर क्रोसिल, २५ वर्षीय जाविर क्रोसिल र  ५० वर्षीय मटान पुरेसी रहेको प्रहरीले जानकारी दिएको छ।

उनीहरूले खसीको मासुसँगै बाख्री सँगै मिसाएर बेचेको भेटिएको हो। प्रहरीले काट्नको लागि राखिएको बाख्री १५ वटा र खसीको मासु भनी बेच्नको लागि तयार गरिएका २ वटा तयारी बाख्रीको मासु समेत बरामद गरेको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell