PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



पहिलोपोस्ट

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

ललितपुरः वाग्मती गाउँपालिका– ३ मास्खोलामा आज बिहान एक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएकामध्ये एक जनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो।

महानगरीय प्रहरीवृत्त चापागाउँका अनुसार मृत्यु हुनेमा कलङ्की घर भएका ४८ वर्षीय निरज खनाल छन्। कान्ति लोकपथ भएर हेटौँडा जाने क्रममा बा ४५ प ४९०६ नम्बरको मोटरसाइकल २ सय मिटर तल खसेको थियो।

दुर्घटनामा घाइते भएका अर्का व्यक्ति धोबीघाट घर भएका ४७ वर्षीय निरञ्जनसिंह हमालको भने अहिले पाटनमै उपचार भइरहेको प्रहरी निरीक्षक राजेन्द्र थापाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell