PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

अनु मलिक माथि किन लागिरहन्छ संगीत चोरीको आरोप ?



पहिलोपोस्ट

अनु मलिक माथि किन लागिरहन्छ संगीत चोरीको आरोप ?

आइतवार भएको टोकियो ओलम्पिक्सको एक खेलमा इजरायललका खेलाडी डॉल्गोपायटले इतिहास रच्दै स्वर्ण पदक जिते। उनको जितपछि इजरायललको राष्ट्रिय गीत 'हातिकवाह' बजाइयो। इजरायलको राष्ट्रिय गीत सुनेसँगै भारतीयहरुले संगीतकार अनु मलिकलाई सम्झिन पुगे।

अनु मलिकलाई सम्झनुको कारण थियो इजरायललको राष्ट्रिय गीत र हिन्दी गीतको संगीत मिल्नु। सन् १९९६ मा रिलिज भएको फिल्म 'दिलजले' को गीत 'मेरा मुल्क मेरा देश' र इजरायललको राष्ट्रिय गीतको संगीत मिल्दोजुल्दो सुनियो।

त्यसपछि त के चाहियो र? सामाजिक सञ्जाल प्रयोगकर्ताहरु अनु मलिकलाई संगीत चोरीको आरोप लगाउन थाले। उनी सामाजिक सञ्जालमा ट्रोलको सिकार समेत भइरहेका छन्।

बलिउडमा संगीतकारलाई संगीत चोरीको आरोप लाग्नु नयाँ कुरा होइन। अनु मलिकमाथि पनि यसरी संगीत चोरी आरोप लागेको पहिलो पटक भने होइन

अनु मलिक संगितकार सरदर मलिकका छोरा हुन्। उनले सात वर्षको उमेरदेखि नै संगीतको साधना गरेका थिए। उनका गीतहरु निकै हिट समेत भए। संगीतकारकै छोरा भएर संगीत आफ्नो रगतमा भएको अनु मलिकको उनको भनाई छ।

उनले फिल्म बाजिगर, बोर्डर, रिफ्युजी, मै हुँ ना र जुडवाँ जस्ता हिट फिल्मका गीतमा समेत संगीत भरिसकेका छन्। भनौं, उनकै गीतले फिल्मलाई परिचय दिएको छ। उनले उत्कृष्ट संगीत दिए बापत् राष्ट्रिय अवार्ड समेत जितिसकेका छन्।

उनलाई पहिले पनि अन्तर्राष्ट्रिय फिल्म उद्योगहरुबाट संगीत चोरी गरेको आरोप लागिसकेको छ। मलिकलाई अन्तर्राष्ट्रिय गीतहरुबाट प्रेरित भएर संगीत बनाउन माहिर रहेको समेत भनिन्छ।

 

 

तर उनले भने संगीत चोरीको आरोप अर्थहिन भएको भनि प्रतिक्रिया दिएका छन्। उनले अरु मानिसहरुले आफूप्रति रिसाएर झुटो आरोप लगाउने गरेको बताउने गरेका छन्।

अनु मलिकले सिर्जना गरेको 'दिल मेरा चुरा क्युँ' माथि पनि चोरीको आरोप लागेको थियो। फिल्म 'अकेले हम अकेले तुम' को उक्त गीत सन् १९९५ रिलिज भएको थियो। जसमा आमिर खान र मनिषा कोइरालाको मुख्य भूमिका रहेको छ। यो गीतलाई ह्वामको 'लास्ट क्रिसमस' बाट 'कपी' गरिएको भनिन्छ।

त्यसैगरि 'अकेले हम अकेले तुम'कै 'राजाको रानी से प्यार' बोलको गीतलाई पनि चोरिएको आरोप लागेको थियो। 'राजाको रानी से प्यार' बोलको गीतलाई अस्कर विजेता फिल्म 'गडफादर (१९७२) बाट चोरिएको बताइन्छ।

सन् २०१७ मा ट्विटरको एउटै थ्रेडमा धेरै प्रयोगकर्ताले उनीमाथि गीत कपी गरेको आरोप लगाएका थिए।

ट्विटरका एक प्रयोगकर्ताले अनु मलिकले 'यारियान' बोलको गीत पनि जुनैद जमशेदबाट 'कपी' गरेको भनि उल्लेख गरेका थिए।

त्यसैगरि 'आज माहिया' पनि फिजाबाट, फिल्म 'इश्क' को 'निद चुराई मेरी' लाई पनि अमेरिकी पप समुह लिनियर 'सेन्डिङ अल माई लभ' बाट चोरेको मानिन्छ।

साथै उनका धेरै गीतहरु अन्तर्राष्ट्रिय क्षेत्रका गीतसंगीतसँग मिल्दोजुल्दो भएको समेत भनिन्छ। फिल्म 'हेरा फेरी' को गीत 'जब भि कोई हसिना देखु' लाई मार्क मोरिसनको गीत 'रिर्टन अफ द म्याक' बाट कपी गरेको भनिन्छ। त्यसैगरि चाहतको 'नहि जिना यार बिना' लाई पनि नुरसत फतेह अलि खानको गीतबाट चोरेको भनि उनीमाथि आरोप लागेको छ।

एक अन्तर्वार्तामा नुरसत फतेह अलि खानलाई तपाईको म्युजिकको बेस्ट कपी कसले गर्‍यो भनि प्रश्न सोधिएको थियो। जसमा फतेह अलि खानले अनु मलिकको पनि नाम लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell