PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

निषेधाज्ञा खुकुलो भएपछि कोरोनाको जोखिम बढेको राज्यमन्त्री श्रेष्ठको भनाइ, 'अस्पताल भर्ना दर बढ्नु चिन्ताजनक'



पहिलोपोस्ट

निषेधाज्ञा खुकुलो भएपछि कोरोनाको जोखिम बढेको राज्यमन्त्री श्रेष्ठको भनाइ, 'अस्पताल भर्ना दर बढ्नु चिन्ताजनक'

काठमाडौंः स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निषेधाज्ञा खुकुलो भएपछि देशभर कोभिड १९ संक्रमणको बताएका छन्।

आज नेपाल मास्क अभियानको शुभारम्भ कार्यक्रममा मन्त्री श्रेष्ठले निषेधाज्ञा खुकुलो भएपछि मानिसको आगमन बढ्दा र जनस्वास्थ्य मापदण्ड पालना नगर्दा संक्रमण सँगै अस्पताल भर्ना हुने दर बढेको बताएका हुन्। अस्पताल भर्ना दर बढेसँगै जोखिम पनि बढेर गएको मन्त्री श्रेष्ठले बताए।

स्वास्थ्य मन्त्रालयले आजबाट साउन २९ गतेसम्म नेपाल मास्क अभियान सुरु गरेको छ। यस अभियानमा मानिसलाई मास्क लगाउन प्रेरित गर्नुसँगै सहि तरिकाले मास्क लगाउने जानकारी समेत दिइने कार्यक्रममा जानकारी दिएको थियो।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक प्रा.डा. आरपी बिच्छाले छिटो भन्दा छिटो सबैलाई खोप पुर्‍याउने अनुसार काम भइरहेको समेत जानकारी दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell