PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

कक्षा १२ को परीक्षा स्थगित, अर्को मिति परीक्षा हुनुभन्दा १५ दिनअघि तोकिने



पहिलोपोस्ट

कक्षा १२ को परीक्षा स्थगित, अर्को मिति परीक्षा हुनुभन्दा १५ दिनअघि तोकिने

काठमाडौं : कक्षा १२ को परीक्षा स्थगित भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको बैठकले कोरोना संक्रमण बढेकाले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरिएको थियो।

अब अर्को परीक्षा कहिले गर्ने भन्ने टुङगो छैन। परीक्षा हुनुभन्दा १५ दिन अघि सुचना सार्वजनिक गरेर परीक्षा लिने बोर्डका एक सदस्यले जानकरी दिए।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेको भन्दै सबै परीक्षा स्थगित गर्न सिफारीस गरेको थियो। तर, संक्रमण दर बढ्दै गइरहेको अवस्थामा भिडभाड गरेर परीक्षा गराउने निर्णयको आलोचना हुँदै आएको थियो। सत्तारुढ दल नेपाली कांग्रेसले समेत परीक्षा स्थगित गर्न माग गरेको थियो। साथै विद्यार्थीहरुले कक्षा १२ को परीक्षा स्थगित गराउन माग गर्दै सामाजिक संजालमा अभियान नै चलाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell