PahiloPost

Jun 15, 2026 | १ असार २०८३

ओलम्पिक फुटबल: पुरुषतर्फ ब्राजिललाई स्वर्ण



पहिलोपोस्ट

ओलम्पिक फुटबल: पुरुषतर्फ ब्राजिललाई स्वर्ण
Photo: Lucas Figueiredo/CBF

टोकियो ओलम्पिक अन्तर्गत आज सम्पन्न फुटबलको पुरुषतर्फको फाइनल खेलमा ब्राजिलले स्पेनलाई हराउँदै स्वर्ण पदक जितेको छ। योकोहामा स्टेडियममा सम्पन्न खेलमा साविक विजेता ब्राजिलले २-१ ले खेल आफ्नो पक्षमा पार्दै स्वर्ण पदक जितेको हो।

ब्राजिलको जितमा म्याथिउस कुन्हा र माल्कोम सिल्भाले गोल गरे। खेलको ३८ औं मिनेटमा ब्राजिलले पाएको पेनाल्टीमा रिचार्लिसन चुके पनि पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै कुन्ह्वाले अग्रता दिलाए। यद्यपि दोस्रो हाफमा स्पेन पुनरागमन गर्न सफल भयो। खेलको ६१ औं मिनेटमा मिकेल ओयर्जबालको गोलमा स्पेनले पुनरागमन गरेको थियो। तर निर्धारित ९० मिनेटमा खेल बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। जसमा ब्राजिलको जितका लागि माल्कोम सिल्भाले गोल गरे। उनले खेलको १०७ मिनेटमा गोल गरेका थिए।

महिला फुटबलतर्फ भने यसअघि नै स्वीडेनलाई हराउँदै क्यानडाले स्वर्ण पदक हात पारिसकेको छ।

योसँगै ब्राजिलले जारी ओलम्पिकमा ७ स्वर्ण, ४ रजत र ८ काश्यसहित १९ वटा पदक हात पारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell