PahiloPost

Jun 15, 2026 | १ असार २०८३

म्यानचेस्टर सिटीलाई हराउँदै लेस्टरसिटीले जित्यो कम्युनिटी सिल्डको उपाधि



पहिलोपोस्ट

म्यानचेस्टर सिटीलाई हराउँदै लेस्टरसिटीले जित्यो कम्युनिटी सिल्डको उपाधि
Photo: LCFC

एएफए कम्युनिटी सिल्ड अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीलाई हराउँदै लेस्टर सिटीले उपाधि जितेको छ। वेम्बली स्टेडियममा सम्पन्न खेलमा लेस्टरसिटीले १-० गोलअन्तरको संघर्षपूर्ण जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा लेस्टरका केलेची इहेन्चोले निर्णायक गोल गरेका थिए। उनले खेलको ८९ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए।

कम्युनिटी सिल्डमा प्रिमियर लिगको विजेता र एफए कपका विजेताले प्रतिस्पर्धा गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell