PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

एक्सन थ्रिलर फिल्म 'एक्स ९' मा अनमोल अनुबन्धित 



पहिलोपोस्ट

एक्सन थ्रिलर फिल्म 'एक्स ९' मा अनमोल अनुबन्धित 

काठमाडौं : मुकुन्द भट्टले निर्देशन लागेको फिल्म 'एक्स ९'(लेभल वान) मा अभिनेता अनमोल केसी अनुबन्धित भएका छन्।

शनिवार अनमोलले फिल्म निर्माण सम्झौता गर्दै औपचारिक रुपमा फिल्म 'साइन' गरेका हुन्। नेपालको सबैभन्दा ठूलो एक्सन थ्रिलर फिल्म 'एक्स ९' मा जोडिन पाउँदा निकै खुसी लागेको अनमोलले फेसबुकमा उल्लेख गरेका छन्।

यो फिल्मका लागि निर्देशक भट्टले निषेधाज्ञाअघि अनमोलसँग मौखिक सहमति गरेता पनि कागजी सम्झौता भने हुन सकेको थिएन।

गोल्डेन हिल्स पिक्चरको प्रस्तुतीमा निर्माण हुन लागेको फिल्मको कथा मुकुन्द भट्ट र किंग योगीले लेखेका हुन्। फिल्ममा अनमोलका साथै सौगात मल्ल, पुष्प खड्का, अनुप विक्रम शाही लगायतको भुमिका रहेको छ। तर, अभिनेत्रीको भने केहि फिक्स हुन सकेको छैन।

फिल्म निर्माण टिमले भिलेनको भुमिकाका लागि बलिउड अभिनेता सुनिल सेट्टीलाई अफर गरेका छन्। तर उनी फिल्मसँग जोडिने तय भइसकेको छैन।

निर्देशक भट्टले यस फिल्मलाई नेपालकै सबैभन्दा ठूलो एक्सन र थ्रिलर कथा हुने दावी समेत गरेका छन्। यसअघि पनि भट्टले फिल्म ‘लप्पन छप्पन’ र ‘लप्पन छप्पन २’ निर्देशन गरिसकेका छन्। यो फिल्मको छायांकन जनवरीदेखि क्यानडा, यूरोप र नेपालमा हुने निर्माणपक्षले बताएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell