'मिस्टर नेपाल सुप्रानेश्नल २०२०' सन्तोष उपाध्याय पोल्याण्ड गएका छन्। पोल्याण्डमा आयोजना हुने 'मिस्टर सुप्रानेश्नल' प्रतियोगिताको १२ औँ संस्करणमा सहभागी हुन उनी शनिवार राति पोल्याण्ड प्रस्थान गरेका हुन्।
पोल्याण्डको नोवा स्याजमा आयोजना हुने प्रतियोगितामा उनले नेपाललाई प्रतिनिधित्व गर्नेछन्। अन्तर्राष्ट्रिय स्टेजमा नेपालको प्रतिनिधित्व गर्दै पहिलो पाइला चाल्दा पाउँदा निकै खुसी लागेको उनले इस्ट्राग्राममा उल्लेख गरेका छन्।
केही दिनअघि मात्रै 'मिस नेपाल सुप्रानेश्नल २०२०' की सिमल कनौजिया 'मिस सुप्रानेश्नल' प्रतियोगिताको १२ औँ संस्करणमा सहभागी हुन पोल्याण्ड पुगेकी थिइन्।
