PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

२ हजार ५४८ जनामा कोरोना संक्रमण, ५५ जनाको मृत्यु



पहिलोपोस्ट

२ हजार ५४८ जनामा कोरोना संक्रमण, ५५ जनाको मृत्यु

काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५४८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार १२ हजार ३७८ जनाको परीक्षण गर्दा २ हजार ५४८ जनामा संक्रमण देखिएको हो।

नयाँ संक्रमित थपिएसँगै देशभर संक्रिय संक्रमितको सङख्या ३५ हजार ४८५ पुगेको छ। यस्तै, २ हजार २९ जना संक्रमण मुक्त भएका छन्।

२४ घण्टामा देशभर संक्रमण भएका ५५ जनाको मृत्यु भएको छ। यो सँगै देशभर कोरोना संक्रमणपछि मृत्यु हुनेको सङ्ख्या १० हजार ९३ पुगेको छ।

त्यसै गरी देशरभर कोरोना विरुद्धको खोप लगाउनेको सङख्या १ लाख ८४ हजार ३६ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell