PahiloPost

Jun 15, 2026 | १ असार २०८३

प्रधानसेनापति पूर्णचन्द्र थापा आजबाट विदामा, कायममुकाय प्रधानसेनापतिमा शर्मा



पहिलोपोस्ट

प्रधानसेनापति पूर्णचन्द्र थापा आजबाट विदामा, कायममुकाय प्रधानसेनापतिमा शर्मा

काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापा आजबाट विदामा बस्दै छन्।

भदौं २४ गतेबाट अवकास पाउन लागेका थापा नेपाली सेनाको चलन अनुसार अवकास अघि विदामा बस्न लागेका हुन्। थापा विदामा बस्ने भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट बलाधिकृत रथी प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापतिको जिम्मेवारीमा नियुक्त भइसकेका छन्।

साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

प्रधानसेनापति थापा २०७५ भदौ २४ गते नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell