PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

हराएको मोबाइल भेटिएपछि भारतीय युवकले भने : नेपाल प्रहरी भारतीय प्रहरी जस्तै रहेनछन्, धन्यवाद



पहिलोपोस्ट

हराएको मोबाइल भेटिएपछि भारतीय युवकले भने : नेपाल प्रहरी भारतीय प्रहरी जस्तै रहेनछन्, धन्यवाद

काठमाडौं : हराएको वा चोरी भएको मोबाइल भेटिने सम्भावना निकै न्यून हुन्छ। तर, नेपाल प्रहरीले एक भारतीय युवकको हराएको मोबाइल फेला पारेर बुझाएको छ। महानगरीय पर्यटन प्रहरीले मोबाइल फेला पारेर बुझाएको हो।

हराएको मोबाइल फेला पारेपछि युवक शुभम् वर्माले नेपाल प्रहरीलाई धन्यवाद दिदैं पत्र समेत लेखेका छन्। हिन्दी भाषामा लेखिएको पत्रमा उनले नेपाल प्रहरी पनि भारतको प्रहरी झैँ सोचेको तर नेपाल प्रहरीले आफूलाई धेरै नै सहयोग गरेको बताएका छन्।

'उहाँको ट्याक्सीमा मोबाइल छुटेको रहेछ। त्यसपछि हामीले विभिन्न तरिकाबाट ट्याक्सी पत्ता लगाएर बुझाएका हौँ,' पर्यटक प्रहरीका प्रमुख डिएसपी तर्कराज पाण्डेले भने।

साउन २१ गते मध्यान्हमा ठमेलबाट कालीमाटीमा ट्याक्सीबाट जाँदा उनको मोबाइल छुटेको थियो। त्यसपछि उनले प्रहरीमा जानकारी दिएका थिए। प्रहरीले सिसि क्यामरा हेरेर ट्याक्सी नम्बर पत्ता लगाएको थियो। त्यही दिन राति साढे ९ बजेतिर ट्याक्सी चालकले मोबाइल दिएको थियो।

'उसले मोबाइल दिँदा साइलेन्ट मोडमा थियो। तर युवकले आफूले मोबाइल साइलेन्टमा नराखेको बताएको थियो। मोबाइल पाएपछि उनी सारै खुसी भए,' डिएसपी पाण्डेले भने।

भारतमा हराएको मोबाइल पत्ता लगाउन निकै गाह्रो हुन्छ। मोबाइल हराएको जाहेरी लिन समेत भारतीय प्रहरीले आनाकानी गर्ने गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell