PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

ज्येष्ठ नागरिकलाई 'अस्ट्राजेनेका'को दोस्रो डोज लगाउन सुरु, हटेन भिडभाड



पहिलोपोस्ट

ज्येष्ठ नागरिकलाई 'अस्ट्राजेनेका'को दोस्रो डोज लगाउन सुरु, हटेन भिडभाड

काठमाडौं : भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्डको भ्याक्सिन लगाएर बसेका ज्येष्ठ नागरिकहरुलाई आजबाट अस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ। सरकारले भारतबाट थप कोभिशिल्ड आयात गर्ने प्रयास गरेपनि खोप नआउँदा महिनौं अघि पहिलो डोज लगाएका लाखौं व्यक्तिले दोस्रो डोज लगाउन पाएका थिएनन्।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप महाशाखाले भुटानबाट र जापानबाट आएका अस्ट्राजेनेका खोप ज्येष्ठ नागरिकहरुलाई लगाउन लागिएको हो।

जापानले नेपाललाई १६ लाख मात्रा अस्ट्राजेनेकाको खोप दिँदैछ। जस अन्तर्गत जापानबाट हालसम्म ८ लाखमात्रा खोप आइसकेको छ। बाँकी खोप एक सातापछि आउने मन्त्रालयले जनाएको छ। भुटानबाट दुई लाख ३० हजार मात्रा कोभिशिल्ड खोप प्राप्त भएको थियो।

काठमाडौं जिल्लामा १४४ खोप केन्द्र निर्धारण गरि कोरोनाविरुद्धको खोप प्रदान गरिँदैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell