PahiloPost

Jun 15, 2026 | १ असार २०८३

विधान संशोधनको मस्यौदा एमालेको स्थायी कमिटीबाट पारित, नेपाल पक्षले गरेको थियो रोक्न आग्रह



पहिलोपोस्ट

विधान संशोधनको मस्यौदा एमालेको स्थायी कमिटीबाट पारित, नेपाल पक्षले गरेको थियो रोक्न आग्रह
File Photo

काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटीको बैठकले विधान संशोधन मस्यौदा स्थायी कमिटीबाट पारित गरेको छ। सोमवार ललितपुरको च्यासलमा बसेको एमलेको स्थायी कमिटीको बैठकले विधान अधिवेशनका लागि मस्यौदा पारित गरेको स्थायी कमिटी सदस्य सुवास नेम्बाङले जानकारी दिए।

आजै ३ बजे बस्ने केन्द्रीय कमिटीको बैठकमा उक्त मस्यौदालाई प्रस्तुत गरिने नेम्बाङले बताए।

एमालेको विधान अधिवेशन भदौ २७ र २८ गते गर्ने एमालेले यसअघि नै निर्णय गरिसकेको छ। एमालेको असन्तुष्ट समूह वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीका गतिविधि रोक्न माग गरेको भए पनि अध्यक्ष ओली पक्षले पार्टीका गतिविधिलाई तिब्रता दिएको हो।

नेपाल पक्षको शुक्रवार सम्पन्न केन्द्रीय कमिटीको बैठकले विधान अधिवेशन र सदस्यता नवीकरण तत्काल रोक्न माग गरेको थियो।

एमालेको विवाद समाधानका लागि भन्दै बैठक रोक्न आग्रह गरेपछि ओलीले आइतवारको बैठक सोमबार सम्मका लागि सारेका थिए। विघटित कार्यदलका सदस्यहरुले ओली नेपाललाई मिलाउन विभिन्न विकल्पमाथि छलफल अघि बढाएको भए पनि सहमति हुन भने सकेको छैन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell