PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

एमालेको केन्द्रीय कमिटीको बैठक च्यासलमा सुरु, विधान महाधिवेशनको तयारी मुख्य एजेण्डा



पहिलोपोस्ट

एमालेको केन्द्रीय कमिटीको बैठक च्यासलमा सुरु, विधान महाधिवेशनको तयारी मुख्य एजेण्डा

काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ।

अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठक ललितपुरको च्यासलस्थित तल्सीलाल प्रतिष्ठानमा सुरु भएको हो। बैठकमा विधान संशोधन प्रस्तावलाई अनुमोदन गर्ने तयारी छ।

नेकपा (एमाले)मा अध्यक्ष र महासचिव मात्रै महाधिवेशनबाट निर्वाचित गर्नुपर्ने प्रस्ताव गरिएको छ। स्थायी कमिटीबाट पारित भएको विधान संसोधन प्रस्तावमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने र बाँकी केन्द्रीय कमिटी र पदाधिकारी मनोनित हुने प्रस्ताव गरिएको हो।

पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले भदौ २७ र २८ गतेका लागि तोकिएको विधान महाधिवेशनको तयारीमा केन्द्रित भएर बैठकमा छलफल हुने जानकारी दिए।

एमालेको विवाद समाधानका लागि वरिष्ठ नेता माधवकुमार नेपालसँग अनौपचारिक रुपमा संवाद भइरहेका बेला ओलीले संगठनका काम अघि बढाएका हुन्। नेपाल पक्षले पनि ओलीका गतिविधि प्रति असन्तुष्टि जनाउँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell