PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

साफ च्याम्पियनसिप माल्दिभ्समा हुने



पहिलोपोस्ट

साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

काठमाडौं: १३ औं संस्करणमा साफ च्याम्पियनसिप माल्दिभ्समा हुने भएको छ। प्रतियोगिताको आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव गरेकोमा सोमवार बसेको साफ कार्यकारी समितिले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

'कोभिड १९ महामारीको अवस्था माल्दिभ्समा तुलनात्मक रुपमा राम्रो भएका कारण प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको हो। त्यस्तै माल्दिभ्सले पछिल्लो पटक प्रतियोगिताको आयोजना गरेको पनि धेरै भइसकेको छ,' एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने।

पछिल्लो पटक सन् २००८ मा माल्दिभ्सले प्रतियोगिताको आयोजना गरेको थियो। श्रीलंकासँग संयुक्त रुपमा आयोजना गरेको उक्त प्रतियोगितामा माल्दिभ्स च्याम्पियन बनेको थियो।

प्रतियोगिताका लागि पाँच देशहरु- नेपाल, भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्स तयार भइसकेको छन् भने भुटानले तीन दिनभित्र प्रतियोगितामा सहभागिता जनाउने या नजनाउने निधो गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell