PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

माधव नेपाले पार्टीलाई बर्बाद बनाएको भन्दै ओलीको आक्रोश : भत्काइदेउ धरहरा, पुरिदेउ रानीपोखरी, टालिदेउ मेलम्ची



पहिलोपोस्ट

माधव नेपाले पार्टीलाई बर्बाद बनाएको भन्दै ओलीको आक्रोश : भत्काइदेउ धरहरा, पुरिदेउ रानीपोखरी, टालिदेउ मेलम्ची

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारप्रति आक्रोश व्यक्त गरेका छन्। ललितपुरको च्यासलमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा ओलीले आफू सरकारमा हुँदा गरेका कामलाई देउवा सरकारले निरन्तरता नदिएको भन्दै ओलीले आक्रोश व्यक्त गरेका हुन्।

'भत्काइदेउ धरहरा, पुरिदेउ रानी पोखरी, टालिदेउ मेलम्ची, भत्काइदेउ सडक पुल र विमानस्थलहरु ओली याद आउने सबैचिजहरु,' ओलीले बैठकलाई सम्बोधन गर्दै भने।

उनले एक महिनासम्म पनि सरकारलाई पूर्णता दिन नसेको भन्दै सत्ता गठबन्धनको आलोचना समेत गरे। साथै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका कारण सरकारले पूर्णता नपाएको समेत बताए। 

'हिजो आफनो पार्टीको समस्याले सदन विघटन गर्न पाइन्छ भन्नेहरुका कारण पार्टीहरुको किचलो छरपस्ट भएको छ। के अब आफनो पार्टी र गठबन्धनको समस्याको कारण राष्ट्रको समय बर्बाद गर्न पाइन्छ?,' नेपाललाई ओलीको प्रश्न छ।

उनले सरकारले आइतवार सार्वजनिक गरेको साझा न्युनतम कार्यक्रमको पनि विरोध गरेका छन्। ओलीले गठबन्धन अपवित्र भएको आरोप लगाउँदै भ्रष्टाचार सम्बन्धी छानविन गर्न सरकालाई चुनौती दिएका छन्।

ओलीले सरकारको कार्यक्रम आफू विरुद्धको गालीगलौज भएको आरोप लगाए।

भने,'सरकारको न्युनतम कार्यक्रम हामीविरुद्ध गाली गलौजको पुलिन्दा हो। असंबैधानिक र अपवित्र नन्दिभृगी जालिझेलिहरुको गठबन्धन हो। भ्रष्टाचारीलाई कारवाही गर्ने रे। कयान्टेनमेन्टको भ्रष्टाचार विगतको लुट निजी सम्पति कब्जा ठेकेका कब्जा छानबिन हुन्छ?,' ओलीले भने।

उनले एमाले विरुद्ध गठबन्धन लागेकाले त्यसको प्रतिकार गरिने समेत बताए। 'एमालेले तमाम देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिको साथ लिएर प्रतिकार गर्नेछ,' उनले भने।

नेपालबारे आफूलाई केही भन्नु नभएको उनको भनाई छ। नेपाल पक्षमा लागेका सबैजना एमालेमा फर्कने ओलीको दाबी छ।

'माधव नेपालहरुको बारेमा केही भन्नु छैन। पुष्पकमल दहालसँग मिलर यो पार्टी ध्वस्त पार्न लाग्नुभयो। देउवासँग मिलेर आफ्नो सरकार ढालेर दक्षिणपन्थी गठबन्धन बनाउन लागे। साथीहरु माधवजीलाई केही नभन भन्नुहुन्छ। म भन्न पनि चाहान्न धेरै साथीहरुले कुरा बुजिसके सबै फर्कनुहुन्छ। छिटो छिटो आएर पार्टीलाई गति दिन अनुरोध गर्दछु। तर पार्टी काम रोक्ने गुट र समानान्तर गतिविधि भइरने अवस्था अन्त्य हुनेछ,' ओलीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell