PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

कांग्रेसमा पौडेल पक्षको निष्कर्षः ‘नेतृत्व इमानदार भए तोकिएकै समयमा महाधिवेशन, विवाद देखाएर वैधानिकता नसकियोस्’



पहिलोपोस्ट

कांग्रेसमा पौडेल पक्षको निष्कर्षः ‘नेतृत्व इमानदार भए तोकिएकै समयमा महाधिवेशन, विवाद देखाएर वैधानिकता नसकियोस्’
फाइल फोटो

काठमाडौंः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अझै पनि आसन्न महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ।  महाराजगंजस्थित पार्टीका महामन्त्री डा. शशांक कोइरालाको निवासमा सोमबार अपराह्न बसेको पौडेल पक्षीय नेताहरुको केन्द्रीय कार्य समिति बैठकले पार्टी नेतृत्वले इमान्दार प्रयास गरे महाधिवेशन सम्पन्न गरेर पार्टीको वैधानिकता बचाउन सकिने निष्कर्ष निकालेको हो।

बैठकपछि नेता पौडेलले भने, ‘हाम्रो धारणा र सोचाइको निष्कर्ष के छ भने पार्टीको महाधिवेशन तोकिएकै मितिमा गरेर अझै पनि पार्टीको वैधानिकतालाई जोगाउन सकिन्छ। त्यसका लागि हामी सबैले इमान्दारपूर्वक प्रयास गर्नु पर्छ।’

बैठकले महाधिवेशन समयमै सम्पन्न गर्न क्रियाशील सदस्यता विवाद थाती राखेर १३औँ महाधिवेशनकै प्रतिनिधिबाट प्रक्रिया अघि बढाउन सकिने पनि स्पष्ट पारेको छ। वरिष्ठ नेता पौडेलले सकिने ठाउँमा भने क्रियाशील सदस्यको विवाद समाधानका लागि २ दिन सम्मको समय लिन सकिने आफू पक्षको धारणा भएको पनि बताए।

क्रियाशील सदस्यताको विवाद देखाएर नेतृत्वले पार्टीको वैधानिकतालाई धरापमा पार्न नहुने पौैडेल पक्षको दाबी छ।

न्युन एजेन्सी नेपाल

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell