PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

वीरगंज नाकामा सफाई, मितेरी पुलमा कालोपत्रे



राधेश्याम पटेल

वीरगंज नाकामा सफाई, मितेरी पुलमा कालोपत्रे

वीरगंज : पर्सास्थित वीरगंज–रक्सौल नाका सौन्दर्यकरण गर्ने अभियानले तीव्रता पाएको छ। वीरगंजमा रहेको संघसंस्थाको सक्रियता र वीरगंज महानगरको सहयोगमा मितेरी पुलदेखि रजतजयन्ती चोकसम्म शनिवार वृहत सरसफाईपछि सडकका खाल्डा पुर्न थालिएको छ।

सरसफाईपछि दैनिक पानी छर्किने काम पनि भइरहेको स्वयंसेवी समूहका संयोजक राजन श्रीवास्तवले बताए। करिब २८ सप्ताहदेखि नाका सरसफाई गर्दै आएकोमा दुई वर्षदेखि कोरोना महामारीको कारण साचे अनुरुमको काम हुन सकिरहेको थिएन। तर दुई सातादेखि वीरगंज महानगर, पर्साका सुरक्षा निकाय, ग्रिनसिटी वीरगंज, व्यवस्थित वीरगंज अभियानलगायत संघसंस्थाको सक्रियतामा यो अभियानले पुनः तीव्रता पाएको हो।

यसै सन्दर्भमा भारतीय भाग भारतीय पक्षले आकर्षक बनाउने र नेपाली भूभाग नेपाली पक्षले सुन्दर, सफा र आकर्षक बनाउने सहमति अनुरुपमा मितेरी पुल दक्षिण र उत्तरमा नाकालाई व्यवस्थित र सुन्दर बनाउने अभियान भइरहेको वीरगंज महानगरका मेयर विजयकुमार सरावगीले बताए। महानगरको सफाई इन्चार्ज सर्फुदिन अन्सारीले तीन दिनदेखि कर्मचारी खटाएर सडकका खाल्डा पुर्ने काम भइरहेको छ। त्यसपछि उक्त सडक आसपासमा सडक विस्तार गरी वृक्षारोपण गर्ने जनाएको छ। वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका कन्सुलर शैलेन्द्र कुमारका अनुसार गत शुक्रवार रातिदेखि १०६ मिटर लम्बाई रहेको पुलको करिब आधा भाग ५३ मिटर कालोपत्रे गर्ने कार्य भइरहेको बताए। भारतीय पथ निर्माण विभागको बजेटमा मितेरी पुलको खाल्डा पुर्ने काम भइरहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell