PahiloPost

Jun 15, 2026 | १ असार २०८३

पिके क्याम्पस बाहिर लाग्यो 'नो भ्याक्सिन, नो एक्जाम' नारा : प्रदर्शनमा उत्रेका विद्यार्थी प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

पिके क्याम्पस बाहिर लाग्यो 'नो भ्याक्सिन, नो एक्जाम' नारा : प्रदर्शनमा उत्रेका विद्यार्थी प्रहरी नियन्त्रणमा

काठमाडौं : स्वास्थ्य मापदण्डको उल्लंघन गर्दै परीक्षा संचालन भइरहेको विरोधमा विद्यार्थीहरुले बागबाजारस्थित पद्मकन्या क्याम्पस बाहिर प्रदर्शन गरेका छन्।

आज दिउँसोबाट सुरु हुने परीक्षा दिन पुगेका विद्यार्थीहरुले परीक्षा केन्द्र बाहिर प्रदर्शन गरेका थियो। त्यसक्रममा 'नो भ्याक्सिन, नो एक्जाम', 'स्वास्थ्य मापदण्ड लागू गर' लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रेका केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ। कलेजको ड्रेस लगाएका र प्रवेश पत्र बोकेका विद्यार्थिलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

हाल त्रिभुवन विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर तहको परीक्षा भइरहेको छ। स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको जोखिम बढेको भन्दै सबै परीक्षा स्थगित गर्न आग्रह गरे पनि त्रिविले सबै परीक्षा संचालन हुने बताएको छ। त्रिविको उक्त निर्णयको सत्तारुढ दलबाटै आलोचना भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell