PahiloPost

Jul 3, 2024 | २० असार २०८१

ओलम्पिकमा क्रिकेट समावेश गराउने 'मुड'मा आईसीसी



पहिलोपोस्ट

ओलम्पिकमा क्रिकेट समावेश गराउने 'मुड'मा आईसीसी

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल 'आईसीसी' ले ओलम्पिकमा क्रिकेटलाई पनि सहभागी गराउने सोच बनाएको छ। यसका लागि तयारी अघि बढाएर सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिकमा सहभागिताको लागि सोच बनाएको आईसीसीले जनाएको छ। क्रिकेटलाई ओलम्पिकमा समावेश गराउन आईसीसीले समिति समेत गठन गरेको छ।

३० मिलियन भन्दा बढी क्रिकेट समर्थक रहेको अमेरिकामा २०२८ मा ओलम्पिक आयोजना हुँदैछ, त्यहीबाट क्रिकेटले पनि ओलम्पिकमा पुनरागमन गर्न चाहेको छ। हाल आइसीसीले त्यसैका लागि तयारी थालेको हो।

यसअघि क्रिकेटले ओलम्पिकमा एकपटक मात्रै सहभागिता जनाएको थियो। सन् १९०० मा पेरिस ओलम्पिकमा दुई टिमको सहभागिता रहेको थियो। ब्रिटेन र आयोजक फ्रान्सको। अर्थात लस एन्ज्ल्समा हुने ओलम्पिकमा सहभागिता जनाए क्रिकेटले १२८ वर्षपछि ओलम्पिकमा पुनरागमन गर्नेछ।

'हामीलाई विश्वास छ, क्रिकेट ओलम्पिकको राम्रो भाग हुन सक्छ। तर हामीलाई थाह छ यो त्यति सहज हुनेछैन,' आईसीसीका अध्यक्ष ग्रेग बार्कलेले भनेका छन्, 'हामीले महसुस गरेका छौं ओलम्पिकसँग सहकार्यका लागि कदम उठाउने यो उचित समय हो।'

यसका लागि आईसीसीले इङ्ग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डका इयान वाटमोरको नेतृत्वमा ६ सदस्यीय 'वर्किङ ग्रुप' बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell