
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग नजिकिँदै गर्दा थ्री स्टार क्लबले आयुस घलानलाई अनुबन्धित गरेको छ। विश्वकप तथा एसिया कप क्वालिफायर्सको दोस्रो चरणको छनोटमा अस्ट्रेलियाविरुद्ध राष्ट्रिय टिममा डेभ्यु गरेका उनी ललितपुरको क्लब थ्री स्टारमा अनुबन्धित भएका हुन्।
शहीद स्मारक ए डिभिजन लिग कार्तिक २९ गतेबाट सुरु हुँदैछ। लिगका लागि क्लबहरु धमाधम खेलाडी अनुबन्धनमा लागेका छन्।
थ्री स्टारले यसअघि अनन्त तामाङ, सञ्जोग राई र निशान खड्काले करार बढाएको जनाएको थियो। त्यसअघि नेपाल सुपर लिगमा राम्रो प्रदर्शन गरेका डोना थापालाई पनि अनुबन्धित गरेको थियो। त्यस्तै प्रशिक्षकमा थ्री स्टारका पुराना खेलाडी उर्जेन श्रेष्ठलाई अनुबन्धित गरिसकेको छ।