काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरिरहेका छन्।
सम्बोधन गर्दै उनले देउवा सरकारले एक महिनासम्म केही नगरेकोमा शुभकामना थापिरहेको बताए।
आफू समृद्ध नेपाल सुखी नेपाली अभियानमा हिँडेको भन्दै उनले ससाना गालीगलौजले आफूहरुलाई फरक नपर्ने बताए।
पूर्व प्रधानमन्त्री ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरेपनि सर्वोच्च अदालतले विघटनको फैसला उल्टाउँदै दुवैपटक प्रतिनिधिसभा पुनर्स्थापना गरेको थियो।
असार २८ गते सर्वोच्च अदालतले दोस्रोपटक प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परामादेश दिएको थियो। सर्वोच्चको आदेशसँगै ओली बर्खास्त भएका थिए।
निवर्तमान प्रधानमन्त्रीको हैसियतमा ओली देउवाको सपथ ग्रहण कार्यक्रमा पुगेका थिएनन् भने पुनर्स्थापनापछि बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा ओलीले सम्बोधन गरेका थिएनन्।
विपक्षी दलको नेताले सम्बोधन गर्ने संसदीय प्रणाली विपरित ओली संसद भवनमै उपस्थित भएपनि सम्बोधन नगरेपछि उनको आलोचना भएको थियो।
