PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

अध्यक्ष ओलीको सरकारलाई व्यङ्ग्य : यो एक महिना केटाकेटीलाई दशैं आए जसरी आँगनमा नाच्दै ठिक भयो



पहिलोपोस्ट

अध्यक्ष ओलीको सरकारलाई व्यङ्ग्य : यो एक महिना केटाकेटीलाई दशैं आए जसरी आँगनमा नाच्दै ठिक भयो

काठमाडौ : प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले एक महिनासम्म केही काम नगरेको आरोप लगाएका छन्।

आज प्रतिनिधिसभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनका सत्तारुढ दलका नेताहरु धन्यवाद र बधाई खाँदैमा गएको आरोप लगाएका छन्।

'सत्ता पक्षका मित्रहरु असाध्यै हैसिनुभएको छ। दशैं आएजसरी केटाकेटी आगजनमा नाचे जस्तै नाच्दै ठिक भएको छ,' अध्यक्ष ओलीले भने।

तर सरकारले एक महिनामा सुकुम्वासी आयोग खारेज जस्तो काम गरेर गरिवको घाँटी निमोठेको भन्दै सरकारमाथि प्रश्न गरे।

साथै, प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गर्न नसकेको प्रति व्यङ्ग्य गर्दै ओलीले भने,'सबै मन्त्रालय आफैले राखेका छन्। घुमेर भ्याइदैन होला सबै एकैदिन। सरकार विस्तार गर्न सकेको छैन। '

उनले अबको तप १४ -१५ महिना थप शुभकामना दिने लहर चल्ने समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell