काठमाडौं : प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई विवादमा नल्याउन सत्ता पक्षका नेताहरुलाई आग्रह गरेका छन्।
प्रतिनिधिसभाको विषेश समयमा बोल्दै अध्यक्ष ओलीले सत्तारुढ दलका नेताहरुले विवादमा ल्याउन खोजेको भन्दै सर्वोच्चलाई विवादमा नल्याउन आग्रह गरेका हुन्।
अदालतले गरेका कामको मुल्याङकन कुनै समयमा हुने भन्दै ओलीले अदालतलाई विवादमा नतान्न भनेका हुन्।
'अदालत जस्तो सबैले विश्वास गर्नुपर्ने संस्थाको विश्वासमा कमी नआहोस्,' अध्यक्ष ओलीले भने, 'आफु प्रधानमन्त्रीबाट हटेकाले कुनै चिन्ता छैन। तर संस्थाको छवी बचाउन म लागिपरेको छु' उनले भने।
ओलीले आफू कुनै जाली मुद्दा जितेर नआएको र ग्रहदशा राम्रो भएर प्रधानमन्त्री समेत नभएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाप्रति व्यङ्ग्य गरे।
उनले आफू अदालतको परमादेशबाट नभइ जनताको जनादेशबाट प्रधानमन्त्री बनेको भन्दै अदालतबाट प्रधानमन्त्री नियुक्त हुनु विश्वमा नै पहिलो इतिहास भएको दाबी गरे। उनले अदालतले प्रधानमन्त्री अदालतले चयन कतै गरेको भए आफूलाई देखाउन चुनौती समेत दिए।
ओलीले आफू फेरि असाधरण जनमतसहित मूल ढोकाबाट प्रवेश गर्ने समेत बताए।
'म प्रधानमन्त्री हुन जन्मेको होइन। काम गर्दै जाँदा प्रधानमन्त्री भए' ओलीले भने, 'अब असाधरण जनमत सहित मूल ढोकाबाट प्रवेश गर्छौं।'
