PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

काठमाडौं उपत्यकाभित्र राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी चलाउन नपाउने



पहिलोपोस्ट

काठमाडौं उपत्यकाभित्र राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी चलाउन नपाउने

काठमाडौः काठमाडौं उपत्यकाभित्र राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने भएको छ। आज बसेको उपत्यकाभित्रका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले बिहिवारबाट राति ८ बजेपछि सवारीलाई रोक लगाउने निर्णय गरेको हो।

कोरोना संक्रमण बढेको भन्दै राति ८ बजेपछि सवारी साधन चल्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज निरौलाले बताए।

' ८ बजेपछि होटेल रेष्टुरेष्टमा मानिस सवारी लिएर गएको पाइयो। यसले संक्रमण बढायो। त्यसैले ८ बजेपछि सार्वजनिक तथा निजी सवारीलाई रोक लगाइएको हो,' सिडिओ निरौलाले भने।

त्यस्तै काठमाडौं उपत्यकाभित्र भदौ ८ गतेसम्मको लागि निषेधाज्ञा थप भएको छ। वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी छ। पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको समय भोली रातिबाट सकिंदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell