PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

प्रकाशले 'कुरा बुझ्न पर्च' मा किन रोजे स्वस्तिमा र आँचललाई?



पहिलोपोस्ट

प्रकाशले 'कुरा बुझ्न पर्च' मा किन रोजे स्वस्तिमा र आँचललाई?

काठमाडौं : गायक प्रकाश सपूतको तीन दिनअघि रिलिज भएको तीज गीत 'कुरा बुझ्न पर्च' युट्युवको 'ट्रेन्टिङ वान' मा छ।

प्रकाशकै शब्द, संगीत रहेको गीतमा शान्ती श्री परियार र समीक्षा अधिकारीले स्वर दिएका छन्।

गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र आँचल शर्मा फिर्चड छन्।

प्रकाश आफ्नो गीतको भिडियोमा काम गर्ने पात्रहरु निकै 'पर्फेक्ट' चाहिने बताउँछन्‍। त्यसैले उनी गीतसँग सुहाउँदो पात्रको खोजीमा हुन्छन्।

'कुरा बुझ्न पर्च' को गीतको कथाका लागि गीतको भावलाई हुबहु प्रस्तुत गर्न सक्ने स्वभाव भएको पात्रको खोजिमा थिए।

गीतको कथाले मागेको थियो चन्चले स्वभावकी युवती। साथै आत्मविश्वासी पनि। प्रकाशको नजरमा पर्‍यो अभिनेत्री स्वस्तिमा खड्का र आँचल शर्मा। कथाका लागि ठ्याक्कै स्वभाव मिल्ने अनि सुहाउँदो पात्र भएर स्वस्तिमा र आँचललाई नै रोजेको सुनाउँछन् प्रकाश।

भन्छन्,'दुवै प्रोफेशनल र पर्फेक्ट पात्र भएर नै उहाँहरुलाई रोजेको हुँ। उहाँहरुको व्यक्तिगत स्वभाव पनि कथाको लागि मिल्ने खालको छ। अहिले उहाँहरु विवाहित हुनुहुन्छ। तर पनि मज्जाले आफ्नो काममा निरन्तर अगाडि बढिरहनु भएको छ।'

'बिहेपछि पनि स्वतन्त्र भएर राम्रोसँग मन परेको काम गर्न सक्छौँ भन्ने उदाहरण पनि हो उहाँहरु। व्यक्तित्वको हिसाबले पनि समाजमा राम्रो सन्देश जान्छ भनेर उहाँहरुलाई रोजेको हुँ' प्रकाशले सुनाए।

प्रकाशकै निर्देशनमा बनेको गीतको भिडियोको स्टोरी समेत प्रकाशले नै तयार पारेका हुन्। तीजको अवसरमा महिलाहरुको भावनालाई समेट्दै गम्भीर विषयलाई पनि रमाइलो तरिकाले गीतमार्फत प्रस्तुत गर्न खोजेका छन् प्रकाशले।

गीतको कथामा अहिलेका युवतीहरुले आफ्नो जीवन र 'करियर' को बारेमा के सोच्छन् भन्ने कुरालाई गीतमा विश्लेषण गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell