PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

अब काठमाडौंमा अनुगमन कडा हुन्छ, मास्क नलगाउनेलाई जरिवाना : सिडिओ पराजुली



पहिलोपोस्ट

अब काठमाडौंमा अनुगमन कडा हुन्छ, मास्क नलगाउनेलाई जरिवाना : सिडिओ पराजुली

काठमाडौं : काठमाडौं उपत्यकाभित्र निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ।

काठमाडौंमा कोरोना भाइरसको संक्रमण बढेको तर मानिसले स्वास्थ्य मापदण्ड पालना नगरेको भन्दै अनुगमनलाई थप सक्रिय बनाइने काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

आज बसेको काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले अनुगमनलाई सक्रिय बनाएर जारी निषेधाज्ञा भदौ ८ गतेसम्म थप गर्ने निर्णय गरेको छ। बैठकले बिहीबारदेखि राति ८ बजेपछि निजी तथा सार्वजनिक सवारीसाधनलाई सञ्चालन गर्न रोक लगाएको छ।

त्यस्तै, सञ्चालनमा रहेका पसल, सार्वजनिक यातायात लगायतमा तोकिएको स्वास्थ्य मापदण्ड पालना भए नभएको अनुगमन समेत कडाइका साथ हुने भएको छ।

'म आजबाट नै अनुगमनमा निस्किसकेको छु। अब यातायातदेखि अन्य क्षेत्रमा मापदण्ड पालना नभएको पाइएमा कारबाही हुन्छ,' सिडिओ पराजुलीले भने।

पछिल्लो केही दिनयता काठमाडौं उपत्यकाभित्र दैनिक ५ सय भन्दा बढी संक्रमितको सङ्ख्या थपिँदै गएको छ। मास्क नलगाई हिँड्ने मानिसलाई जरिवान तिराउन समेत सुरु गरिएको सिडिओ पराजुलीले जानकारी दिए।

निषेध गरिएका गतिविधिहरु

१. सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल,

मनोरञ्जन स्थल, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य

कार्यक्रम संचालन गर्न/ गराउन नपाउने।

२. चोक/खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदिगर्न/ गराउन नपाउने।

३. पुजारीबाट हुने नित्य पूजाबाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिहरु संचालन गर्न नपाउने। ४. शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्यूसन सेन्टर, कोचिङ्ग सेन्टर, तालिम केन्द्र) ले भौतिक उपस्थितिमापठन पाठन गर्न गराउन नपाउने।

५. स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म संचालन गर्न नपाउने।

६. अत्यावश्यक बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधनहरु बेलुका ८ बजे भित्र आफ्नो गन्तव्यमापुगिसक्नु पर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell