PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या १० हजार ९१०, आज थपिए १ हजार १८६ जना



पहिलोपोस्ट

काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या १० हजार ९१०, आज थपिए १ हजार १८६ जना

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १८६ जनामा कोभिड १९ संक्रमण देखिएको छ। देशभर भने ४ हजार ९०४ जनामा कोभिड १९ संक्रमण देखिएको छ।  

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ७९५ जना, ललितपुरमा २३९ र भक्तपुरमा १५२ जनामा संक्रमण देखिएको हो।

काठमाडौं उपत्यकामा पछिल्लो समय फेरि संक्रमण दर बढ्दै गएको छ। त्‍यस कारण उपत्यकाभर भदौ ८ सम्म निषेधाज्ञा बढाइएको छ। खुकुलो निषेधाज्ञा भएपनि प्रशासनले नियमित रुपमा अनुगमन गर्ने बताएको छ। साथै बिहीबारबाट राति ८ बजेपछि सवारी साधन संचालनमा समेत रोक लगाइएको छ।

हाल काठमाडौं उपत्यकामा १० हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन्। मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार उपत्यकामा १० हजार ९१० जना सक्रिय संक्रमित रहेका छन्।

काठमाडौंमा हाल ७ हजार ६७७ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। यस्तै, ललितपुरमा १ हजार ८८३ जना र भक्तपुरमा १३५० जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell