PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

९२ लाख रुपैयाँ हुन्डी रकम सहित काठमाडौंबाट चार जना समातिए



पहिलोपोस्ट

९२ लाख रुपैयाँ हुन्डी रकम सहित काठमाडौंबाट चार जना समातिए

काठमाडौंः हुन्डीको कारोबार गरेको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर २२ बाट चार जनालाई रकम सहित पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा ताहाचाल बस्ने ५३ वर्षीय तरुण अग्रवाल,  गोगंबु बस्ने २५ वर्षीय नितेश श्रेष्ठ, भक्तपुर सल्लाघारी बस्ने २९ वर्षीय नरबहादुर खड्का र जोरपाटी बस्ने ३४ वर्षीय अर्जुन चौलागाइ रहेको परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए।

उनीहरूको साथबाट प्रहरीले ९२ लाख ९६ हजार रुपैयाँ नगद, ८० लाख ४३ हजार ३ सय रुपैयाँ बराबरको बैंकमा डिपोजिट गएको रसिद र ३६ लाख ८३ हजार ४ सय रुपैयाँको चेक बरामद गरेको हो।

थप अनुसन्धानको  लागी सम्पत्ति शुद्धीकरण विभाग हरिहर भवन ललितपुर  बुझाइएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell