PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

बालिका बलात्कारमा संलग्नलाई १२ वर्ष कैद सजाय



पहिलोपोस्ट

बालिका बलात्कारमा संलग्नलाई १२ वर्ष कैद सजाय

नुवाकोटः बालिका बलात्कारको कसुरमा दोषी ठहर गर्दै नुवाकोट जिल्ला अदालतले विदुर नपा–१२ का १९ वर्षीय केदार पौडेललाई १२ वर्ष कैद सजायको फैसला गरेको छ।

न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले आरोपित पौडेललाई बलात्कारको कसुरमा दोषी ठहर गर्दै सो फैसला गरेको श्रेस्तेदार इन्द्रकुमार खड्काले जानकारी दिए। खड्काका अनुसार पौडेलबाट पीडित बालिकालाई रु ५० हजार क्षतिपूर्ति भराउनसमेत फैसला भएको हो।

पौडेलले २०७७ वैशाख ३० गते बेलकोटगढी नपा–५ स्थित एक ओडारमा बोलाई १५ वर्षीया किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ। घटनाको अर्को दिन जिल्ला प्रहरी कार्यालयमा पौडेलविरुद्ध उजुरी दर्ता भएको थियो। स्थानीयवासीले उनलाई बालिका बलात्कार गरेको स्थानबाटै नियन्त्रणमा लिइ कारबाहीका लागि प्रहरीमा बुझाएका थिए।

जिल्ला अदालतले २०७७ जेठ २५ गते पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell