PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

बाढीग्रस्त मेलम्ची क्षेत्रमा ४ वटा यान्त्रिक पुल निर्माण गर्न सरकारको निर्देशन, कस्तो हो यो पुल?



पहिलोपोस्ट

बाढीग्रस्त मेलम्ची क्षेत्रमा ४ वटा यान्त्रिक पुल निर्माण गर्न सरकारको निर्देशन, कस्तो हो यो पुल?
फाइल फोटोः साउन १७ को मेलम्ची बाढीले रातो पुल बगाएपछि।

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले सिन्धुपाल्चोकको मेलम्चीस्थित बाढीग्रस्त क्षेत्रमा तत्काल ४ वटा मोड्युलर यान्त्रिक पुल बनाउन निर्देशन दिएका छन्। मंगलबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन्।

पुल निर्माणको आर्थिक व्यवस्थापन प्राधिकरणको रहने र निर्माण जिम्मा नेपाली सेनालाई दिइएको कार्यकारी प्रमुख डा. अनिल पोखरेलले जानकारी दिए।

कस्तो हुन्छ यो पुल?

सरकारले मेलम्ची क्षेत्रमा निर्माण गर्न निर्देशन दिइएको मोडयुलर यान्त्रिक पुल 'रोपवे ब्रिज' जस्तै हो। यो निर्माणका लागि धेरै समय नलाग्ने भएकाले पनि तत्काल यस्ता पुल निर्माण गर्न लागिएको हो। पक्की पुल बनाएपछि यो पुल हटाउनसमेत मिल्ने प्राविधिकहरु बताउँछन्। उक्त पुल अरु पुन अर्को क्षेत्रमा प्रयोग गर्न सकिन्छ।

यान्त्रिक पुल बन्न १ महिनासम्म लाग्ने बताइएको छ। पुलबाट मानिसहरुमात्र ओहोरदोहोर गर्न मिल्छ। सवारी साधनका लागि भने पक्की पुल नै बनाउनुपर्ने प्राविधिकहरु बताउँछन्।

कहाँ कहाँ राख्ने?

असार १ गते आएको मेलम्ची बाढीका कारण पाँचपोखरी थाङ्पाल गाउँपालिका र इन्द्रावती गाउँपालिका जोड्ने पक्की पुल बगाएको थियो। उक्त ठाउँमा एउटा यान्त्रिक पुल राख्ने वाग्मती प्रदेशका प्रदेश सांसद निमा लामाले जानकारी दिए। त्यसैगरी साउन १७ गते आएको पछिल्लो बाढीले चनौटेस्थित पक्की पुल बगाएको थियो। उक्त क्षेत्रमा एउटा पुल राख्ने र मेलम्चीको फड्के नजिकै पनि यान्त्रिक पुल राख्ने सांसद् लामाले बताए। अर्को पुल कुन ठाउँमा राख्ने भन्ने विषयमा सरोकारवालाहरुसँग छलफल हुने र व्यवस्थापन गरिने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell