PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

शंकर पोखरेलले राजीनामा दिन्छन् या अविश्वासको प्रस्तावको सामना? निर्णय साढे १२ बजे सार्वजनिक हुने



पूजा पन्थी

शंकर पोखरेलले राजीनामा दिन्छन् या अविश्वासको प्रस्तावको सामना? निर्णय साढे १२ बजे सार्वजनिक हुने
एमाले लुम्बिनी प्रदेशको संसदीय दलको जारी बैठक।

बुटवल : आज लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुदैछ। वैशाखमा पनि पोखरेलमाथि परेको अविश्वास प्रस्ताव टेबुल हुने दिन राजीनामा दिँदै संसद अधिवेशन नै अन्त्य गराएका थिए।

तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रयोग गर्दै संसद अधिवेशन अन्त्य गराएका थिए पोखरेलले। तर आज धर्मनाथ नहुँदा पोखरेल चेपुवामा छन्।

आज राजीनामा दिने वा अविश्वासको प्रस्ताव दर्ता हुने सम्बन्धमा छलफल गर्न नेकपा एमाले लुम्बिनी प्रदेशले संसदीय दलको बैठक बस्दैछ। मन्त्रिपरिषद्को बैठकलगत्तै एमाले संसदीय दलको बैकठ शुरु भएको छ। मन्त्रिपरिषद् बैठक लगत्तै दुबै बैठकको निर्णय साढे १२ बजे अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने आर्थिक मामिला तथा योजना मन्त्री एवं सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए। 'दुबै बैठकको निर्णय दिउँसो साढे १२ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने छ,' प्रवक्ता चौधरीले भने।

मुख्यमन्त्री निवासमा बैठक बस्दैछ।

८० सदस्य रहेको लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार अल्पमतमा रहेको छ। प्रदेश सभामा नेकपा एमाले माधव नेपाल पक्षसहितका ३८ जना सांसदको मात्रै सरकारलाई समर्थन रहेको छ। विपक्षी गठबन्धनमा भने सभामुखबाहेक ४१ जना सांसदको सर्मथन छ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८ (सभामुख बाहेक), जनता समाजवादी पार्टी (जसपा)का ३ र जनमोर्चाका १ जना सांसद रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell