PahiloPost

Jun 17, 2026 | ३ असार २०८३

सुनचाँदीको मूल्यमा लगातार गिरावट, सुन प्रतितोला ८८ हजार ८ सय, चाँदी ११ सय ९० रुपैयाँ



पहिलोपोस्ट

सुनचाँदीको मूल्यमा लगातार गिरावट, सुन प्रतितोला ८८ हजार ८ सय, चाँदी ११ सय ९० रुपैयाँ

काठमाडौंः लगातार ओह्रालो लागेको सुनको मूल्यमा मंगलबार सामान्य सुधार भए पनि बुधबार पुनः घटेको छ।

अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको मूल्यमा गिरावट आएको छ।नेपाली बजारमा बुधबार सुनको कारोबार मूल्य प्रतितोला ८८ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि गत सोमबार ८९ हजार रहेको मूल्यमा मंगलबार २ सय रुपैयाँको बढोत्तरी भएको थियो। त्यसमा आज ४ सय रुपैयाँ घटेको हो।

चाँदी पनि लगातार घटेर प्रतितोला ११ सय ९० रुपैयाँ भएको छ। मंगलबार १२ सय ५ रुपैयाँ प्रतितोला थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको कारोबार मूल्यमा लगातार गिरावट छ। बुधबार सुन प्रतिऔंस १७३२.५० डलरमा कारोबार भइरहेको छ। यसअघि गत सोमबार १७३९.८६ डलर र मंगलबार १७३६.७८ थियो।

चाँदी पनि घट्दै प्रतिऔंस २३.३९ डलरमा आइपुगेको छ। गत आइतबार २४.३४ डलर रहेको चाँदी सोमबार २३.८९ र मंगलबार प्रतिऔंस २३.६० डलरमा कारोबार भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell