PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

आफू हटे रेल नचल्ने भनेर सरकारलाई 'च्यालेन्ज' दिएका गुरु भट्टराईले दिए राजीनामा



आफू हटे रेल नचल्ने भनेर सरकारलाई 'च्यालेन्ज' दिएका गुरु भट्टराईले दिए राजीनामा

काठमाडौं : नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराइले राजीनामा दिएका छन्। बुधवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उनले राजीनामा पत्र बुझाएका हुन्।

सरकारले भट्टराईलाई साउन १९ गते स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम आइतबार उनलाई तीन दिनभित्र जवाफ पेश गर्ने गरी मन्त्रालयले लिखित स्पष्टीकरणमा मागेको थियो। 

भट्टराईले सोमवार पत्रकार सम्मेलन गर्दै लिखित जवाफ नदिने बरु बर्खास्ती सहने बताएका थिए। राजनीतिक रुपमा स्पष्टिकरण सोधिएकाले त्यसको जवाफ मैदानबाट दिने र आफू हटे रेल नचल्ने बताएका थिए। 

सम्बन्धित समाचार : आफू हटे रेल नचल्ने भन्दै देउवा सरकारलाई गुरु भट्टराईको 'च्यालेन्ज' : स्पष्टीकरण दिन्न, मैदानमा जवाफ दिउँला

उनले रेल्वे कम्पनीको महाप्रबन्ध हुँदा राजनीतिक रुपमा विभिन्न नेताहरुमाथि भद्दा टिप्पणी गर्ने गरेका थिए।

सरकारले उनलाई कर्मचारीको आचरणविरुद्ध काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

राजीनामा दिँदै भट्रराइले नियुक्ति लिएको दिनदेखि इमान्दारीतापूर्वक काम गरेर रेल्वे कम्पनीलाई पुन:जीवन दिई जयनगर-जनकपुर-कुर्था खण्डमा यात्रु रेल सेवा संचालन गर्न तयारी अवस्थामा पुर्‍याएको दाबी गरेका छन्। रेल संचालनको अन्तिम तयारी भैरहेका वेला स्पष्टीकरण सोधेको उनले गुनासो गरेका छन्।

'रेल संचालनका लागि गर्नु पर्ने पूर्व तयार रहेको अवस्थामा संचालन प्रक्रियालाई नै गम्भीर असर पर्ने गरी राजनीतिक प्रतिशोधबाट पूर्वाग्रही ढंगले पूर्ववर्ती सरकारले नियुक्त गरेका सबै नियुक्तिहरु खारेज गर्ने भन्ने वर्तमान सरकारको घोषित नीति अनुरुप वर्खास्त गर्ने उद्देश्य लिई मलाई सफाई पेश गर्न भनिएको थियो' उनले राजीनामा पत्रमा भनेका छन् ' आजकै मितिदेखि लागु हुने गरी नेपाल रेलवे कम्पनी लिमिटेडको महाप्रवन्धक पदबाट राजिनामा दिएको छु।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell