PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत भन्दै ठगी गर्ने समातिए



पहिलोपोस्ट

उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत भन्दै ठगी गर्ने समातिए

काठमाडौंः उपराष्ट्रपति कार्यालयमा शाखा अधिकृत भएको भन्दै ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार डोटी केआइसिंह गाउँपालिका घर भएका २६ वर्षीय किशोर भट्ट भनिने केशवराज भट्टलाई नियन्त्रणमा लिएको हो।

उनले निजामती कर्मचारीको पोसाक समेत लगाएर उपराष्ट्रपति कार्यालय नाम दुरुपयोग गरी नपाएको ओहोदा वा पद पाएको भनी भ्रम सिर्जना गरी ठगी गरेकाले नियन्त्रणमा लिएको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell