PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

कुलमानको पदबहालीमा देखिएको 'क्रेज', किन गरे एक महिनासम्म मिडियामा नआउने घोषणा?



अमर बडुवाल

कुलमानको पदबहालीमा देखिएको 'क्रेज', किन गरे एक महिनासम्म मिडियामा नआउने घोषणा?

काठमाडौं : नयाँ सरकार बनेपछि कुलमान घिसिङ फेरि एकाएक चर्चामा छाए। आम सर्वसाधारणले समेत कुलमानलाई पुनः विद्युत प्राधिकरणमा नियुक्ति गर्नुपर्ने माग गरिएको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमानलाई प्राधिकरणमा ल्याउन निर्देशन दिएको कुराले झनै महोल तात्यो।

अन्ततः घिसिङलाई प्राधिकरणमा ल्याउने सरकारले निर्णय समेत गर्‍यो। घिसिङको नियुक्तिले आम मानिस खुसी भए। बुधवार घिसिङले नियुक्ति समेत बुझे। बिहान नियुक्ति बुझेसँगै रत्नपार्कस्थित प्राधिकरणमा कर्मचारीदेखि पत्रकारसम्मको चहलपहल बढेको थियो।

घिसिङले प्राधिकरणमा यसअघि चार वर्ष काम गर्दा आम मनिसबाट तारिफ बटुलिसकेका थिए।काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी छ। जिल्ला प्रशासन कार्यालय सभा, भेला, गोष्ठी लगायत मानिसको भिडभाड हुने कुनै पनि काम नगर्न अपिल गरिएको छ। सरकारी निकायले नै त्यसको उल्लङ्घन गर्न त भएन।

दिउँसो पदभार ग्रहरण गर्न कार्यालय पुगेका थिए घिसिङ। निषेधाज्ञा जारी रहेकाले घिसिङको पद बहालीमा प्राधिकरणले धेरै मानिसलाई आमन्त्रण गरेन। यति सम्मकी भिड होला भनेर प्राधिकरणका संचालक समितिका सदस्य समेतलाई डाकिएन। केही 'मेनस्ट्रिम' मिडियाका पत्रकारलाई मात्र बोलाइयो।

तर, कार्यक्रम व्यवस्थापन पक्षले सोचे जस्तो भएन। कुलमानको पद बहालीको कार्यक्रम थाहा पाएका उनका शुभचिन्तक देखि युटुबर समेत कार्यालय पुगे। सोच्दै नसोचेको भिड जम्मा भयो। व्यवस्थापन पक्ष नै जिल खायो। मन्त्रीसम्मको पद बहालीमा यतिका मानिस भेला भएको बिरलै देखिन्छ। तर प्राधिकरणको निर्देशकको पद बहालीमा सोच्दै नसोचेको भिड लाग्यो।

बोलाउँदै नबोलाएका मानिस कसरी भेला भए?

एक कर्मचारीले भने- सायद यो कुलमान सरको 'क्रेज' नै होला।

कार्यक्रम हुने हलमा मोबाइलदेखि क्यामराले कुलमानको फोटो कैद गर्न कर्मचारी देखि युटुबर तछाडमछाड गरिरहेका थिए। फेसबुक लाइभ गर्नेको सङ्ख्या पनि कम देखिएन।भिड देखेर व्यवस्थापक पक्षहरू मात्र होइन नवनियुक्त घिसिङ नै छक्क परे। कार्यक्रममा कुनै औपचारिक रुपमा सम्बोधन गर्ने कार्यक्रम थिएन। तर भिड देखेपछि घिसिङ बोल्न बाध्य भए। आफ्नो कार्यकाल चुनौती पूर्ण भएको उनले सुनाए।

आफ्नो दोस्रो कार्यकाल निकै चुनौतीपूर्ण हुने भन्दै सरकार र सर्वसाधारणको विश्वास कै कारण जीवनकै सबैभन्दा ठूलो चुनौती लिएको प्रतिक्रिया दिएका थिए।

तर, उनले त्यही भिडलाई देखेर एउटा घोषणा गरे - अब एक महिना कुनै पनि मिडियामा आउँदिन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell