PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

राजीनामा पत्रमा विपक्षीमाथि शंकर पोखरेलको प्रहार, ‘अवाञ्छित र जनादेश प्रतिकूल अभ्यास भए’



पहिलोपोस्ट

राजीनामा पत्रमा विपक्षीमाथि शंकर पोखरेलको प्रहार, ‘अवाञ्छित र जनादेश प्रतिकूल अभ्यास भए’

काठमाडौंः लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभा सदस्यहरुलाई विपक्षी गठबन्‍धनले अवाञ्छित र जनादेश प्रतिकूल कार्यका लागि उत्प्रेरित गरेको आरोप लगाएका छन्। प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको राजीनामा पत्रमा पोखरेलले सदस्यहरुलाई कारबाही र राजीनामा जस्ता गतिविधि गरेको पनि उल्लेख गरेका छन्।

राजीनामा पत्रमा उनले भनेका छन्, 'प्रदेश सभाबाट दुईजना सभासदहरुलाई राजीनामा पाँच जनालाई कारबाही, एक जनालाई दल परिवर्तन गराउने जस्ता अवाञ्छित र जनादेश प्रतिकूल अभ्यासहरु भए।'

उनले संवैधानिक व्यवस्था विपरीत आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको पनि पत्रमा उल्लेख गरेका छन्। कारबाहीमा परेका सदस्यहरुबारे सर्वोच्च अदालतले निर्णय गरेपछि विश्वासको मत लिने जनाउ विपक्षीलाई दिए पनि संविधान विपरीत अविश्वासको मत ल्याइएको आरोप पोखरेलको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell