PahiloPost

Jun 17, 2026 | ३ असार २०८३

सुपर कपको उपाधि चेल्सीलाई



पहिलोपोस्ट

सुपर कपको उपाधि चेल्सीलाई
AFP via Getty Images

यूईएफए सुपर कप अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब भिल्लारियललाई हराउँदै इङ्ग्लिस क्लब चेल्सीले उपाधि जितेको छ। नर्दन आयरल्याण्डस्थित विन्डसोर पार्कमा १३ हजार दर्शकबीच सम्पन्न खेलमा भिल्लारियललाई पेनाल्टी सुटआउटमा हराउँदै चेल्सीले उपाधि जितेको हो।

खेलको २७ ‍औं मिनेटमा हाकिम जियाचको गोलमा चेल्सीले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले चेल्सी अघि रहे पनि दोस्रो हाफमा भिल्लारियलले गोल फर्काउँदै खेल बराबरीमा ल्याएको थियो। भिल्लारियलका लागि जेराड मोरानोले ७३ औं मिनेटमा गोल गरेका थिए।

निर्धारित समयमा खेल बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। तर, अतिरिक्त समयमा पनि दुबै टिमले गोल थप्न सकेनन्। र, खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जहाँ चेल्सीले ६-५ ले जित निकाल्न सफल भयो।

योसँगै चेल्सीले दोस्रो पटक सुपर कपको उपाधि जितेको छ।

युईएफए सुपर कपमा अघिल्लो सिजनको च्याम्पियन्स लिगको विजेता र युरोपा लिगको विजेताबीच प्रतिस्पर्धा हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell