PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

आज राति ८ बजेबाट काठमाडौं उपत्यकाभित्र सवारी चलाउन नपाइने, कस्ता सवारी साधन भने चल्न पाउँछन्?



पहिलोपोस्ट

आज राति ८ बजेबाट काठमाडौं उपत्यकाभित्र सवारी चलाउन नपाइने, कस्ता सवारी साधन भने चल्न पाउँछन्?

काठमाडौंः आज राति ८ बजेबाट सवारी साधन चलाउन रोक लगाइएको छ।

मंगलबार उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले राति ८ बजेपछि सवारी साधन चलाउन नपाउने निर्णय गरेको हो।

होटेल, रेष्टुरेष्टमा ८ बजेपछि मानिसको भीड बढेकाले संक्रमण फैलिने भन्दै ८ बजेपछि सवारी साधनलाई रोक लगाएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

गिटी, बालुवा, निर्माणजन्य सामग्रीहरूको ढुवानी गर्न राती दिइने छ। बाहिरबाट उपत्यका प्रवेश गर्ने गाडीहरू पनि चल्न पाउने छन्। जस्तै जामको कारणले, कारणवश थानकोटदेखि तल रोकिनुपर्ने स्थिति नआओस् भनेर उपत्यका आउने जानेलाई पनि सहजीकरण गरिने सिडिओ पराजुलीले जानकारी दिए। सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधन भने ८ बजेपछि चल्न पाउने छैनन्। कुनै पनि काम नपरी सवारी चलाइएको पाइएमा कारबाही गर्ने पराजुलीले जानकारी दिए।

अत्यावश्यक सवारी साधनहरूको हकमा र आवश्यक काम भएको खण्डमा त्यस्ता सवारी साधनलाई भने चल्न दिइने छ। काठमाडौं उपत्यकाभित्र आजबाट पछिल्लो पटक थप भएको निषेधाज्ञा कार्यान्वयन आएको छ। मंगलबार बसेको बैठकले भदौ ८ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको थियो।

कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञा जारी छ। पछिल्लो एक सातामा काठमाडौं उपत्यकाभित्र दैनिक ६ सयभन्दाबढी कोरोना संक्रमितहरु थपिदैं गएको छ। कोरोना संक्रमितको सङ्ख्या कन्ट्रोलमा नआए काठमाडौं उपत्यकाभित्र थप निषेधाज्ञा कडा बनाइदैं ल्यौजाने सिडिओ पराजुलीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell