काठमाडौंः साउन १६ गते रातिदेखि निषेधाज्ञा गरेपनि झापामा कोरोना संक्रमितको सङख्या अझैं घट्न सकेको छैन।
केही दिनयता झापामा दैनिक ३ सय भन्दाबढी संक्रमित थपिदैं गएका छन्। ५ सय भन्दाबढी संक्रिय संक्रमित हुने जिल्लामा झापा पनि गरिरहेको छ। बुधवार झापामा ३ सय ४४ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यस्तै ४ जना संक्रमितको मृत्यु समेत भयो। बुधवार झापामा संक्रिय संक्रमितको सङ्ख्या ३ हजार ४ सय ४३ रहेको छ।
मंगलबार पनि झापामा २ सय २९ जनामा कोरोना संक्रमित भेटिएका थिए। यो दिन संक्रमण भएका चार जनाको मृत्यु भयो। गत सोमबार झापामा ३ सय २ जनामा संक्रमण देखियो। एक जनाले संक्रमणको कारण ज्यान गुमाए।
झापामा अहिले निषेधाज्ञा गरिएको छ। मानिसलाई अत्यआवश्यक काम बाहेक घरबाट ननिस्किन भनिएको छ। तर कोरोना संक्रमणमा कन्ट्रोल भने हुनसकेको छैन।