PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

१६ वर्षअघि कलंकीमा महिलाको हत्या गरी फरार भएको अभियोगमा एक पुरुष समातिए



पहिलोपोस्ट

 १६ वर्षअघि कलंकीमा महिलाको हत्या गरी फरार भएको अभियोगमा एक पुरुष समातिए

काठमाडौंः प्रहरीले ज्यान मारेको अभियोगमा एक पुरुषलाई नियन्त्रणमा लिएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) को टोलीले बुधवार ललितपुरबाट शिवजी खत्री भनिने रामेछापका ४६ वर्षीय ग बहादुर खत्रीलाई नियन्त्रणमा लिएको हो। उनलाई ललितपुरको महालक्ष्मी नगरपालिकाबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

खत्रीले २०६२ पुस ६ गते रातिको समयमा कलंकी लामपाटीमा भगवती लामा (अधिकारी)लाई  आगोले जलाएर फरार भएको अनुसन्धानमा देखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell